गजल
वियोग प्रकाशित

यदि म मरे भने...

Sahayattri
Sahayattri
sahayattri Sep 26, 2026 10
म मरे भने अलिकति बाँकी भाकाे सास निकालिएला बिचरा! भन्दै शरिर छोप्न कपास निकालिएला ।। मेरो आफन्त जतिले रुँदै श्रद्धाञ्जली दिँदै गर्दा लैजानलाई घाटसम्म हरिया बाँस निकालिएला ।। तिम्रै घर छेउको आँगनबाट तिमीले हेर्दा हेर्दै छोपेर शरीर कफनले मेरो लाश निकालिएला ।। मेरो शव जलाउन तम तयार पारि राखिएका दाउरै-दाउराले सजिएको रास निकालिएला ।। घाटमा अन्तिम संस्कार गर्दागर्दै मेरो बाबाले मेराे सहारा भन्दै हुर्काएको आश निकालिएला।। मैले नखाएसम्म नखाने मेरी बहिनिले बुनेर राखेका सपनाहरूको साहस निकालिएला ।। आफुले नखाई मलाई खुवाउने मेरी आमाको मुखमै राखि सकिएको गाँस निकालिएला ।।
Sahayattri

Sahayattri

नेपाली साहित्य र गजलप्रतिको सिर्जनात्मक यात्रा।