गजल
अन्य प्रकाशित

परदेशी...

Sahayattri
Sahayattri
sahayattri Sep 26, 2026 10
नगरि चिन्ता, नमानी हार काम चलाउनु है आकाश छोएको होला बजार काम चलाउनु है ।। धेरै साच्नु पर्दैन भो, हाम्रो पनि दिन आउँछ पठाइदिउँला दुई चार हजार काम चलाउनु है ।। घर व्यवहार धान्न एक्लै मुस्किल भाकाे होला सानू जसोतसो लगाउँदै पार काम चलाउनु है ।। एक्लै छौ, गिद्धे नजर लगाउलान् नि कोही कसैले सोची सम्झी हजारौँ बार काम चलाउनु है ।। दुई चार पैसा जोड्याैे भने भविष्यमा खुशी मिल्ला केही वर्ष न हाे, नगरी हतार काम चलाउनु है ।।
Sahayattri

Sahayattri

नेपाली साहित्य र गजलप्रतिको सिर्जनात्मक यात्रा।