गजल
वियोग प्रकाशित

कोही चाहिँदैन भन्छ ❤️

Sahayattri
Sahayattri
sahayattri Sep 20, 2026 13
चल्ने हो यसरी दिन कति कोही चाहिँदैन भन्छ कुन्नि किन बिग्रेछ मति कोही चाहिँदैन भन्छ ।। बा-आमाले उसकै लागि सारा जिन्दगी बिताइदिए ऊभने, लिएर आज श्रीमती कोही चाहिँदैन भन्छ ।। बा ले उसकै पढाईकै लागि घर खेत बन्दकी राखे ऊभने, बा अनि सम्पत्ति कोही चाहिँदैन भन्छ ।। मैले उसको भलाइ कै लागि भनेको मात्र हु फेरि ऊभने, राम्रै कुरामा थाप्छ खति कोही चाहिँदैन भन्छ।। आज ऊ अलिकति अगाडि गएको अरू भन्दा सोच्दा हो, यसरी नै चल्छ गति कोही चाहिँदैन भन्छ ।।
Sahayattri

Sahayattri

नेपाली साहित्य र गजलप्रतिको सिर्जनात्मक यात्रा।